काठमाण्डाै – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ ।

महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन ।

आज बिहान ११ देखि चखुँचाखोला खोल्ने महानगरको तयारी छ । महानगरका मेयर बालेन्द्र शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच हिजो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको हो ।

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिनुभयो । उहाँले बर्सेनि हुने बाढीको समस्या समाधान गर्न जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP