शुक्रबार , भाद्र १२, २०८३

काठमाण्डाै – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका र काठमाण्डौ महानगरपालिकाभित्र बग्ने यज्ञमती र चखुँचाखोलालाई पुरानै स्वरूपमा फर्काउन पहल थालिएको छ ।

महानगरपालिकाले धोबीखोलातर्फबाट चखुँचाखोला खोल्न शुरु गर्दैछ । महानगरको टोली हिजो पुरिएको खोला खोल्न गए पनि स्थानीय बासिन्दाको अवरोधका कारण काम अघि बढ्न सकेको थिएन ।

आज बिहान ११ देखि चखुँचाखोला खोल्ने महानगरको तयारी छ । महानगरका मेयर बालेन्द्र शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच हिजो भएको छलफलमा चखुँचाखोला र यज्ञमती खोला खोल्ने सहमति भएको हो ।

महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले यज्ञमती र चखुँचाखोला अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउने जानकारी दिनुभयो । उहाँले बर्सेनि हुने बाढीको समस्या समाधान गर्न जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP