बुटवल । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नामबाट विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्दै आएको आरोपमा पक्राउ परेका धनबहादुर परियारलाई नेकपा एमाले सल्यान जिल्लाले पार्टीबाट निष्कासन गरेको छ ।
नेकपा एमाले जिल्ला कमिटी सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले एक प्रेस विज्ञप्ति जारी गर्दै केही दिन अघि मात्र नेकपा एमाले त्रिवेणी गाउँपालिकाको अधिवेशन आयोजक कमिटी संयोजकको जिम्मेवारी प्राप्त गरेका त्रिवेणी गाउँपालिका – ९ फालाबाङका ३३ वर्षीय धनबहादुर परियारलाई पार्टीको साधारण सदस्य समेत रहने गरी पार्टीबाट निष्कासन गरिएको जानकारी दिए ।

“हालै जिम्मेवारी प्राप्त गरेका परियार जिल्ला बाहिर विभिन्न ब्यक्तिसँग चन्दा माग्दै हिँडेको भनी प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको खबर प्राप्त भएकोले नेकपा एमाले सल्यान जिल्ला कमिटीले आजैको मितिबाट निजलाई उक्त जिम्मेवारीबाट हटाइ साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको ब्यहोरा जानकारी गराइन्छ,जारी प्रेस विज्ञप्तिमा भनिएको छ । “

आरोपी परियारले पत्र, फोन र एसएमएस मार्फत विभिन्न व्यक्तिहरूसँग लाखौं चन्दा माग्ने तथा त्यो नदिए ज्यान लिने सम्मको धम्कीहरू दिँदै आएको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माधव नेपाल र उपेन्द्र यादवबाट धोका भए प्रचण्ड र ओली हदैसम्मको कठोर बन्ने

ढिलो आयो कडा आयो, डार्विनको होलि !

ओमेगा-३ सप्लिमेन्ट : कति र किन खाने ?

गौरीराज जोशी एनआरएनए अभियानबाट अलग, छुट्टै संस्था दर्ताको तयारीमा

आजको राशिफल : वि.सं. २०८० चैत्र २१ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० चैत्र २५ गते आइतवार : कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP