मंगलबार , असार २३, २०८३

वास्तवमा मानिस पृथ्वीको सबैभन्दा खतरनाक जीव हो । सर्वहारी प्राणी मानिसले पृथ्वीमा रहेका हरेक तीनमध्ये एउटा ढाड भएका जनावर प्रजातिको मासु खाने गरेको छ ।

यस प्रकार मानिसको खानपानको असर कुल ४६ हजार ७५५ प्रजातिका ढाड भएका जनावरमा पर्ने गरेको एक अध्ययनले देखाएको छ ।
स्मरण रहोस् हिंश्रक मानिने किलर ह्वेलले जम्मा १२१ प्रजातिका ढाड हुने जनावरलाई आफ्नो आहारा बनाउँछ । ह्वेलले खाने ती प्रजातिमध्ये ८३ प्रजातिलाई त मानिसले पनि खान्छ ।

जमिनको कुरा गर्दा अमेरिकाको सबैभन्दा खतरनाक मानिएको मांसाहारी जनावर जगुआरलाई लिऊ । उसले ९ प्रजातिका सिकार जीव खाने गर्दछ । रोचक त के भने ती सबै ९ थरी जनावरको मासु मानिसले पनि खान्छ । मानिसले उत्तर अमेरिकामा पाइने कुल २६ सय ९८ प्रजातिका जनावरलाई आफ्नो आहाराका लागि प्रयोग गर्ने ग्रेको छ ।

क्यानडामा भएको यससम्बन्धी शोध हालै कम्युनिकेशन बायोलोजी जर्नलमा प्रकाशित भएको छ । यो अध्ययनले देखाएको मानिसको खानपानको शैलीबाट के थाहा हुन्छ भने मानिस निकै असामान्य जीव हो । मानिसले आफैंलाई विकसित गर्दै आएको छ जबकि अन्य जीवहरु भने यसो गर्नमा असमर्थ रहेका छन् वा कम विकसित छन् । अन्य ढाड भएका जनावरको तुलनामा मानिसको पहुँच धेरै छ ।

हुनत सबै ढाड भएको जनावरलाई मानिसले खाँदैन । कतिपयलाई त उसले अरु विभिन्न कामका लागि मार्दछ, जस्तै कपडा, औषधि, उपहारका वस्तु आदि बनाउनका लागि । यसका अलावा जनावरलाई अन्य विभिन्न खाले कार्यहरुमा पनि प्रयोग गरिन्छ । कतिपय जीवहरुको भुत्ला, दाँत, रगत, कलेजो आदिको पनि प्रयोग गरिन्छ ।

मानिसले प्रयोग गर्ने सबै अन्य जीवको सूचीकरण अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले गर्दछ । उक्त संस्थाका अनुसार मानिसकै कारण पृथ्वीका १४ हजार ६६३ प्रजातिका जीव धेरै खतरामा छन् । मानिसले ती जीवहरुको शोषण गर्दै आएको छ । मानिसले जति जीवहरुको प्रयोग गरिरहेको छ ती मध्ये ५५ प्रतिशतलाई भोजनका लागि मारिदिन्छ । त्यसमा कैयन् स्तनधारी तथा माछाहरु पर्छन् ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP