मंगलबार , बैसाख २९, २०८३

मुम्बई । फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए । तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे । उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ । तर पक्कै पनि सामाजिक सञ्जालमा शाहरुखका फ्यानहरु धेरै छन् र उनीहरु फिल्ममा उनको सट्टा रणवीरको प्रवेशबाट आक्रोशित छन् । यस्तो अवस्थामा फरहानले कसरी शाहरुखको ठाउँमा रणवीर सिंहलाई दिए भन्ने कुरा बाहिर आएको छ ।

पोर्टल कोइमोईका अनुसार फरहान अख्तरको एकदमै नजिकको स्रोतले दावी गरेको छ कि फरहानले शाहरुखको सट्टा अरू कुनै अभिनेताको बारेमा सोच्न सक्छन् भन्ने कसैलाई लाग्छ ? स्रोतका अनुसार शाहरुखले डन ३ को बारेमा फरहान अख्तरसँग लामो कुराकानी गरेका थिए । फरहान शाहरुखलाई डन ३ मा मात्रै चाहन्थे तर शाहरुखले डन सिरिजका फिल्ममा डनका रुपमा आफूले दिन सक्ने सबै दिनु पर्ने बताएका थिए । त्यसैले उनले डन ३ मा शाहरुखसँग काम नगर्ने निर्णय गरे । कुरा यहीमा मात्रै टुंगिएन ।

जब फरहानले शाहरुखलाई आफ्नो स्थानमा अन्य कलाकारलाई डनका रुपमा दर्शकले स्वीकार नगर्ने बताए तर शाहरुखले जेम्स बोन्डको चरित्र सिन कोनेरीदेखि रोजर मूर र ड्यानियल क्रेगसम्मका धेरै कलाकारले खेलेको तर्क गरे । यसपछि अब नयाँ कलाकारले बोन्डको भूमिका निभाउने कार्य गर्ने छन् ।

त्यसोभए जब यो हलिउडमा हुन सक्छ भने डनमा किन परिवर्तन हुन सक्दैन ? शाहरुखले भने । स्रोतका अनुसार शाहरुख खानले फरहानलाई भनेका थिए कि उनीसँग एकमात्र तरिका या त फ्रान्चाइजी बन्द गर्नुपर्छ वा अर्को अभिनेतालाई कास्टको रुपमा नयाँ प्रयोगमा जानु पर्छ ।

यसपछि डनको दौडमा नाम आएका स्टारहरूमा रणवीर सिंह पनि परे । जब शाहरुखको अगाडि रणवीरको नाम आयो, उनले यसमा हो भन्न धेरै समय लगाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP