मंगलबार , बैसाख २९, २०८३

रुपन्देहीको पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन अघि बढाएका छन् । विदेशी कम्पनी सिल्भर हेरिटेजले सञ्चालन गरेको उक्त तारे होटल अमेरिकामा रहेका एनआरएन बुद्धिसागर सुवेदी र अरु एनआरएनएहरुको कम्पनीले देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले उक्त खरिदबारे छानबिन थालेका छन् ।

सुवेदीले लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटल सञ्चालन गरेका छन् । उनै सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो ।

हिमालयन टाइगर कम्पनी भने अमेरिकाको डेलावेयरमा रजिष्ट्रेशन छ । हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद भएको हो । उक्त खरिदसँगै रिसोर्टको सेयर स्वामित्व सुवेदी नेतृत्वको हिमालयन टाइगरमा सरेको छ ।

नेपालमा अहिले एक क्विन्टल सुन तस्करी प्रकरण चुलिएको छ । सरकारले सुन तस्करीको छानबिनको जिम्मा सिआईबीलाई लगाएको छ । सुन हङकङबाट आएको हो । क्याथे प्यासिफिक एयरलाईन्सबाट सुन नेपाल भित्रिएको हो । हङकङबाटै यति ठूलो परीमाणमा सुन नेपाल भित्रिएको र त्यही समयमा टाइगर प्यालेस रिसोर्टको किनबेच पनि हङकङमै भएकोले सरकार र अख्तियारले छुट्टाछुट्टै छानबिन अघि बढाएका छन् ।

तर, लगानीकर्ताहरुले भने सरकारलाई बुझाउनुपर्ने दायित्व, बैंकको ऋण, कर्मचारीलाई बुझाउनुपर्ने रकमसमेत सबैको दायित्व सकारेको जनाएका छन् । उक्त रिसोर्ट किन्नको लागि कूल पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी भएको जनाईएको छ । उक्त रिसोर्टको नयाँ लगानीकर्ताको रुपमा गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्य पनि रहेको बुझिएको छ । सुवेदी र आचार्यका साथै क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, अमेरिकाका डा. केशव पौडेललगायत पनि लगानीकर्ताको रुपमा रहेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP