शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं, ५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘गर या मर’ को राजनीतिक लडाईंमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चट्टानी अडान लिने भएका छन् । उनले कुनै हालतमा ओलीसँग सहकार्य नगर्ने अडान लिएको बुझिएको छ ।

ओलीसँग सहकार्य नगर्ने मात्र नभई उनको कदमलाई साथ दिनेलाई पनि प्रचण्डले साथ नदिने भएका छन् । ओलीले प्रतिनिधि सभा विघटनको कदम चाल्दा जो जो मौन बसे तिनीहरुसँग प्रचण्ड सहकार्य नगर्ने पक्षमा पुगेका छन् । जो जो विघटनविरुद्ध कडा रुपमा उभिए उनीहरुसँग नै सहकार्य गरेर बढ्ने प्रचण्डको रणनीति खुलेको छ ।

प्रचण्डले आज सिन्धुलीमा पुगेर कार्यकर्तामाझ चालेको कदम असंवैधानिक भन्नेहरुसँग समिकरण बन्ने खुलासा गरे । त्यस्तो समिकरण र सहकार्य पार्टीहरुसँग र ती पार्टीका व्यक्ति विशेषसँग पनि हुनसक्ने संकेत गरे । यसैलाई आधार बनाएर प्रचण्डले राजनीतिक तरंग ल्याउने कदम चाल्ने भएका छन् । उनले काठमाडौं आएलगत्तै त्यस्तो निर्णय गरेर बढ्ने बुझिएको छ ।

प्रचण्डले हिजो सिन्धुली पुगी रिफ्रेश भएपछि नयाँ जोसका साथ बोलेका छन् । अब उनी फेरि नयाँ जोससाथ प्रस्तुत हुने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने समय आएको समेत बताए । हटाउन नयाँ प्रधानमन्त्रीका बारे समेत प्रचण्डले संकेत गरे । ओलीको कदमविरुद्ध खरो रुपमा प्रस्तुत भएको व्यक्ति नै प्रधानमन्त्री हुनसक्ने प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP