बुधबार , बैसाख ३, २०८२

गुडिरहेको जिपमाथि ढुंगा खस्दा सिद्धबाबा सडकखण्डमा तीनजना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा गुडिरहेको जिपमाथि सडमाथिबाट ढुङ्गा खसेको थियो ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको हो । त्यसक्रममा तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमा सडक माथिबाट एक्कासी ढुङ्गा खस्दा चालकसहित ३ जना घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । विहान करिब साढे ६ बजे घटना भएको हो । सडक भने हाल सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP