बुधबार , असार २४, २०८३

राष्ट्र बैंकले गत चैतदेखि असारसम्म तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ।

राष्ट्र बैंकले प्रभु बैंक, हिमालयन बैंक र कुमारी बैंकलाई कारबाही गरेको हो।

प्रभु बैंकले तोकिएकोभन्दा बढी ब्याज लिएको, कर्जा नोक्सानी व्यवस्था सही रुपमा कायम नगरेको र जोखिम सम्पत्तिको भारको गणना सही रुपमा नगरेको कारण कारबाही गरेको हो। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गरिएको हो।

त्यस्तै, कुमारी बैंकले गत माघ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेको कारण ५९ लाख ६३ हजार रूपैयाँ जरिवाना गरिएको छ।

हिमालयन बैंकले पनि गत कात्तिक महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेपछि एक करोड ३९ लाख रूपैयाँभन्दा केही बढी जरिवाना गरिएको हो। कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुपर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP