मंगलबार , बैसाख २९, २०८३

नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । सरकारको नेतृत्व लिन कांग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको प्रतिक्रिया दिएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रवक्ता शर्माले दलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले सरकारको नेतृत्व गर्न अग्रसर नभएको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने जानकारी दिए ।

प्रतिनिधिसभा निर्वाचनमार्फत जनताले सरकार चलाउन दिएको म्याण्डेट खण्डित भइसकेको भन्दै अब कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्छ भन्नेमा आफूहरु नरहेको तर दलका सांसद विभाजित हुने अवस्था आँकलन गरेर नेतृत्व लिन अग्रसर नभएको उनको भनाइ छ ।

‘…सिंगोसिंगै दलहरु रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा आईरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं’ शर्माले भने ।

नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेसले निर्णय गर्नु हतार हुने शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP