शुक्रबार , बैसाख ५, २०८२

काठमाडौं। रातोपुलस्थित घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन्। ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

सारुकले लेखेका छन् ‘पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’

प्रहरीका अनुसार, उनले आमा र बुबालाई सम्बोधन गर्दै फेरि यही परिवारमा जन्मिन पाउँ समेत भनेका छन् ।
ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो । प्रहरी वृत्त, मालीगाउँमा उनी मृत भेटिएको भन्दै २१ असारको राति ११ बजे खबर पुगेको थियो ।

बुबा आमा पार्टीमा ठमेल गएका बेला उनी घरमा झुन्डिएका थिए।

बुबा आमा साँझ घर फर्किँदा ढोका नखुलेपछि फोरेर हेर्दा सारुक झुन्डिएको अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP