मंगलबार , अषोज २७, २०८३

केपी ओली नेतृत्वको नेकपा एमालेले संसदीय बोर्ड गठन गरेको छ। बोर्डमा झलनाथ खनाल र माधव नेपालसहितलाई समेटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल-नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो।

बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा सुवास नेम्वाङ, विशाल भट्टराई र शान्ता चौधरी पदेन सदस्य बनाइएको छ। त्यसबाहेक झलनाथ खनाल, माधवकुमार नेपाल, सुमन प्याकुरेल, बिमला राई, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, विन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा शेरबहादुर तामाङ, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ, नारदमणि राना, मोहन बाँनिया, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बिक छन्।

बैठकले २७ सदस्यीय संसदीय बोर्डका लागि बाँकी ३ जना पछि मनोनयन गर्ने भएको शेरबहादुर तामाङले जानकारी दिए।

यसमा खनाल-नेपाल समूहका २ जनाबाहेक बाँकी सबै ओली समूहका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP