सोमबार , अषोज २६, २०८३

नेपालि नारीहरुको महान पर्व हरितालिका तिज आउन करिब दुइ महिना बाकि नै रहे पनि नेपाली कलाकारहरुलाई भने तिज गित रेकर्ड देखि भिडियो निर्माणले व्यस्त बनाएको छ । तिजको अवसर पारेर गायक तथा संगीतकार बिधान कार्कीले पनि आफ्नो तिज गित “उठेर नाचिदेउ साइली ” सार्वजनिक गरेका छन् । गीतकार बिक्रम बाबु बिस्वकर्माले लेखेको गीतलाई गायक बिधान कार्की आफैले संगीत भरेका छन् ।
https://youtu.be/EwEzDVGG_Rc
गायिका रेणु राना मगर र बिधान कार्कीको स्वर रहेको गीतलाई अर्जुन सापाकोटा नामक युट्युब च्यानल बाट बिस्व भर सार्वजनिक गरिएको हो । पछिल्लो समयका चर्चीत गायक तथा मोडल अर्जुन सापकोटा र स्मारिका दाहालले अभिनय रहेको यो गितलाई टिक टक र युट्युबमा अत्याधिक रुचाइएको छ । लालुमै , बटौलिमा जाम , मुन्द्रा लाउँन् पर्दैन जस्ता दर्जनौ चर्चित गित बजारमा ल्याएका बिधान कार्की यो गित पनि सोचे जस्तै सफल हुन्छ भन्नेमा बिस्वस्त छन् ।

मौलिक शब्दहरुमा सजिएको उक्त गितमा प्रेमिल जोडीहरुको मायाप्रेमकै विषयबस्तु चित्रण गरिएको छ । काजिस श्रेष्ठ ले निर्देशन गरेको यो गीतलाई अजय रेग्मीले खिचेका हुन् । अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई दिपक बिस्ट ले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP