मंगलबार , अषोज २७, २०८३

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काललाई हाल सत्तामा रहेको वाम–लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुको विकल्प नरहेको बताएका छन्।

गत मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार जवाफ दिने क्रममा शर्माले गठबन्धन बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् । ‘मंसिर ४ अघिको गठबन्धनको पुनर्प्राप्ति भएको छ। गठबन्धनलाई बलियो बनाएर जाने र निरन्तरताको खोजीको प्रतिबद्धता हामीबीच हुनुपर्छ’, उनले भने, ‘साथीहरु २०८४ सालको चुनावको पनि कुरा पनि गर्नु हुन्छ। तर ०८४ को चिन्ता ०८३ लागेपछि गरौँला। अहिलेलाई गठबन्धनमै अघि बढ्ने हो।’

उनले अर्को चुनावमा गठबन्धन गर्ने वा एक्लै जाने कुरा अहिले चिन्ता गर्नु नपर्ने पनि बताए। ‘हामी अर्को चुनावमा गठबन्धन गर्छौँ या एक्लै जान्छौँ त्यो अहिले चिन्ताको विषय होइन’, उनले भने, ‘सरकारलाई कायम राख्दै गर्दा हामीलाई डेलिभरी चाहिन्छ। त्यसका लागि कांग्रेसले राम्रा कुराको अपनत्व र नराम्रा कुराको आलोचना ग्रहण गर्दै अघि बढ्नु पर्छ।’

बैठकमा जवाफ दिने क्रममा शर्माले आफूहरुले बैठकको सुरुमा पेस गरेको कार्ययोजना कार्यान्वयन हुने गरी पेस गरिएको बताए। ‘यो कार्ययोजना कार्यान्वयन हुन सक्छ। धेरै साथीहरुले प्रश्न उठाउनु भएको छ’, उनले भने।

उनले सरकारले ल्याएको नागरिकता विधेयकको अपनत्व कांग्रेसले लिने बताए। उनले विभिन्न काण्डमा विभिन्न नेता मुछिएका बताउँदै भ्रष्टाचारविरुद्धको कानुन कांग्रेसकै नेतृत्वमा बनेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP