शनिबार , जेठ २५, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाकै अगाडि देउवालाई संसदीय दलको नेताबाट हटाउन फेरि प्रयास गर्ने बताएका छन् । बैठकमा पार्टी केन्द्रीय सदस्य सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै थापाले अहिले संसदीय दलको नेता फेर्नु आवश्यक रहेको र त्यसका लागि आफू लाग्ने बताए ।

‘संसदीय दलको नेता बदल्न लाग्छु, सके बदल्छु नसके मानेकै छु मान्छु । तर बदल्न लाग्छु ।’ थापाले भने– एकपटक प्रयास गरें, सकिनँ । अब नबदल्ने त ?  बदल्न आवश्यक छ ।’ विधानले नै नेता बदल्न ठाउँ दिएको भन्दै थापाले देउवा नआत्तिँदा पनि देउवा निकट नेता आत्तिएको भन्दै कटाक्ष गरे । थापाले नेता बदल्ने कुरा आफूले आफ्ना लागि नगरेको र जो कोही बने पनि हुने बताए । ‘ पाँच पटक भैसकें, अब म बन्दिनँ भनेर सभापतिजीले भन्न सक्नुहुन्छ, तर अरु साथीहरु आत्तिनुभएको छ ।’ थापाले भने, मैले मेरा लागी गरेको होईन, जो भएपनि हुन्छ ।

पार्टी बहुमत अल्पमतले मात्रै नचल्ने भन्दै थापाले  फरक मतले ठाउँ पाउनुपर्ने बताए । महामन्त्रीले कतिपय निर्णयहरु संचार माध्यमबाटै आएकोले आफूले पनि संचार माध्यमबाटै दिएको उनले बताए ।

पछिल्लो दिनमा नागरिकहरुलाई भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको उनले बताए ।  थापाले नागरिकमा निराशाको क्रम बढेको बताए । ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ,’ थापाले बैठकमा भने, ‘गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP