शुक्रबार , भाद्र १२, २०८३

काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्।

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए।

आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक जना बालक निस्किएका थिए। नालामाथि स्ल्याबहरू राखिएको भए पनि जहाँ स्ल्याब थिएन, त्यही ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ।

‘खेल्न भनेर निस्किएका थिए,’ डिएसपी अधिकारीले भने, ‘पानी ठूलो परेकाले भेल आएको थियो। त्यही नालाको खाल्डोमा परेर बगायो।

प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले खोजी गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP