बिहिबार , बैसाख १८, २०८२
काठमाडौंको सोह्रखुट्टेमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बससँग बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोक्किएको हो। उक्त दुर्घटना परी मोटरसाइकल चालक २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

हाल बालुवाटार बस्ने शिवसुन्दरको स्थायी घर नुवाकोट बेलकोटगढी नगरपालिका–९ घर भएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका शिवसुन्दरको उपचारका क्रममा नयाँबजारस्थित पिपल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए।

प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १८, २०८२ बिहिबार 56 Views

सरकार र आन्दोलनरत शिक्षकबीच सहमति

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु