मंगलबार , अषोज २७, २०८३

एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् ।

राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो । विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स-रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो ।

त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुली पक्राउ परेका हुन् ।योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ ।

यसअघि विभागले सुन तस्करीमा संलग्न १० जनालाई नियन्त्रणमा लिइसकेको छ ।गत मंगलबार हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत १०० केजी सुन स्कुटरको ‘ब्रेक शू’ मा लुकाएर काठमाडौं ल्याइएको थियो ।  सुन भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बरामद गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP