सोमबार , चैत्र २४, २०८१

निर्वाचन नजिकिदै गर्दा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको सदस्य बन्न आवेदन दिएका सयौं व्यक्तिको सदस्यता हटाएको छ । यस अघि सदस्यता स्विकृत भइसकेका ७ सय ५६ जनाको सदस्यता मान्य नभएको निर्वाचन समितिले जनाएको छ ।

आज साँझ पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिका संयोजक टोनु घोतानेले एउटै बैंक कार्डबाट ४ वटा भन्दा बढी सदस्यको रकम शुल्क भुक्तानी गरिएका व्यक्तिहरुको सदस्यता अमान्य भएको र उनीहरुले आगामी चुनावमा भोट हाल्न नपाउने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन गर्दै निर्वाचन समिति

यसअघि सन् २०२१ अप्रिल २२ तारिखमा एनआरएनए अष्ट्रेलियाले ४ जना भन्दा बढी व्यक्तिको सदस्यता शुल्क एउटै बैंक कार्डबाट तिर्न नहुने तथा त्यसरी एउटै कार्डबाट त्यसभन्दा बढी व्यक्तिको शुल्क तिरिए उनीहरुको सदस्यता कायम नरहने निर्णय भएको थियो । त्यहि नियम अनुसार नै यसपाली निर्वाचन समितिले बैंक कार्डमाथी कडाई गरेको थियो ।

निर्वाचन समितिले यसअघि नै ३ भन्दा बढी व्यक्तिको सदस्यता एउटै कार्डबाट भए, चौथो व्यक्तिदेखिको सदस्यता मान्य नहुने जिकिर गर्दै आएको थियो ।

त्यसपछि निर्वाचन समितिको निर्णयका पक्ष र विपक्षमा चर्चा भएको थियो । तर, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ र महासचिव राजु अधिकारीले विधानको धारा ९ को उपधारा ७ बमोजिमको अधिकार प्रयोग गरेर स्विकृति भइसकेका त्यस्ता सदस्यहरुको सदस्यता अमान्य गरिदिएका हुन् ।

महासचिव अधिकारीले अब एनआरएनए अष्ट्रेलियाको प्रारम्भिक सदस्य १५ हजार २ सय १२ बाट घटेर १४ हजार ४ सय ५६ पुगेको बताउनुभयो । सदस्यता मान्य नभएका सदस्यहरुले विधान बमोजिम शुल्क समेत फिर्ता नपाउने अधिकारीको भनाई छ ।

एनआरएनए अष्ट्रेलियालाई विधान बमोजिम संचालन गर्नका लागि विधानकै अधिकार प्रयोग गरेर यस्तो निर्णय गरिएको महासचिव अधिकारीको भनाई छ । अध्यक्ष र महासचिवको यो निर्णयलाई साधारण सभाबाट मात्रै उल्ट्याउन सकिने व्यवस्था छ ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २९ तारिखमा अनलाईन मार्फत हुदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP