शनिबार , भाद्र १३, २०८३

निर्वाचन नजिकिदै गर्दा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको सदस्य बन्न आवेदन दिएका सयौं व्यक्तिको सदस्यता हटाएको छ । यस अघि सदस्यता स्विकृत भइसकेका ७ सय ५६ जनाको सदस्यता मान्य नभएको निर्वाचन समितिले जनाएको छ ।

आज साँझ पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिका संयोजक टोनु घोतानेले एउटै बैंक कार्डबाट ४ वटा भन्दा बढी सदस्यको रकम शुल्क भुक्तानी गरिएका व्यक्तिहरुको सदस्यता अमान्य भएको र उनीहरुले आगामी चुनावमा भोट हाल्न नपाउने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन गर्दै निर्वाचन समिति

यसअघि सन् २०२१ अप्रिल २२ तारिखमा एनआरएनए अष्ट्रेलियाले ४ जना भन्दा बढी व्यक्तिको सदस्यता शुल्क एउटै बैंक कार्डबाट तिर्न नहुने तथा त्यसरी एउटै कार्डबाट त्यसभन्दा बढी व्यक्तिको शुल्क तिरिए उनीहरुको सदस्यता कायम नरहने निर्णय भएको थियो । त्यहि नियम अनुसार नै यसपाली निर्वाचन समितिले बैंक कार्डमाथी कडाई गरेको थियो ।

निर्वाचन समितिले यसअघि नै ३ भन्दा बढी व्यक्तिको सदस्यता एउटै कार्डबाट भए, चौथो व्यक्तिदेखिको सदस्यता मान्य नहुने जिकिर गर्दै आएको थियो ।

त्यसपछि निर्वाचन समितिको निर्णयका पक्ष र विपक्षमा चर्चा भएको थियो । तर, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ र महासचिव राजु अधिकारीले विधानको धारा ९ को उपधारा ७ बमोजिमको अधिकार प्रयोग गरेर स्विकृति भइसकेका त्यस्ता सदस्यहरुको सदस्यता अमान्य गरिदिएका हुन् ।

महासचिव अधिकारीले अब एनआरएनए अष्ट्रेलियाको प्रारम्भिक सदस्य १५ हजार २ सय १२ बाट घटेर १४ हजार ४ सय ५६ पुगेको बताउनुभयो । सदस्यता मान्य नभएका सदस्यहरुले विधान बमोजिम शुल्क समेत फिर्ता नपाउने अधिकारीको भनाई छ ।

एनआरएनए अष्ट्रेलियालाई विधान बमोजिम संचालन गर्नका लागि विधानकै अधिकार प्रयोग गरेर यस्तो निर्णय गरिएको महासचिव अधिकारीको भनाई छ । अध्यक्ष र महासचिवको यो निर्णयलाई साधारण सभाबाट मात्रै उल्ट्याउन सकिने व्यवस्था छ ।

एनआरएनए अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २९ तारिखमा अनलाईन मार्फत हुदैछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP