सोमबार , चैत्र २४, २०८१

अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले एक वर्षको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । राजदूत भएर अस्ट्रेलिया आएको एक वर्ष पुगेसँगै पोखरेलले प्रेस विज्ञप्ति जारी गरी प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।

उहाँले न्यून जनशक्तिलगायत विविध समस्याका बाबजुद उल्लेख्य कार्य गरेको पनि बताउनुभएको छ । अस्ट्रेलियामा रहेका नेपालीहरूको संख्या दिनानुदिन बढिरहेको भए पनि दूतावासमा कर्मचारीको संख्या नथपिँदा अधिक समस्या खेप्नु परेको उहाँको गुनासो छ ।

पोखरेलले कर्मचारी थप्नका लागि माथिल्लो निकायलाई अनुरोध गरिसकेको पनि जानकारी दिनुभएको छ । राजदूत पोखरेलले अस्ट्रेलिया–नेपाल सिधा हवाई उडान प्रक्रियामा रहेको भन्दै छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले आफू आएपछि पासपोर्टका लागि नगद तिर्नुपर्ने अवस्थाको अन्त्य गरेको, क्यानबेराबाट टाढा रहेका नेपालीहरूलाई पासपोर्ट उपलब्ध गराउन घुम्ती सेवा सुरु गरेको, नेपाल–अस्ट्रेलियाबीच परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय वार्ता सम्पन्न गरेको, अष्ट्रेलियाबाट नेपालमा मन्त्रीस्तरीय भ्रमण सम्पन्न गरेकोलगायत कार्य एक वर्षमा गरेको प्रेस विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

यस्तो छ एक वर्षको प्रगति विवरण:

दूतावासमा पासपोर्ट बनाउदा लाग्ने शुल्क ( राजस्व) नगदमा मात्र तिर्नुपर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न म आएको दुई महीना मैं EFTPOS machine दूतावासमा राखियो। अहिले डेबिट कार्डबाट पनि राजस्व तिर्न मिल्छ ।
क्यानबेराबाट टाढ़ा रहनु भएका नेपालीहरूलाइ सहज होस भनेर म आफू आएको पहिलो महिनामै पासपोर्ट बनाउनको लागी आवश्यक पर्ने सिस्टम भएको मोबाइल machine केन्द्रबाट मगाएर घुम्ति सेवा सुरुगरियो । Passport घुम्ती टोलीको सेवाको लागी अहिलेसम्म Australia को Tasmania, Perth, Brisbane अनि New Zealand का 3 वटा शहर Auckland, Christchurch, Toronga गरी 6 ठाऊँमा पासपोर्ट नविकरण लगायत कन्सुलर सेवा दिईसकिएको छ । र यो क्रम निकट भविष्यमा पनि ज़ारीरहने छ ।
2022 को सेप्टेम्बरमा नेपाल- अष्ट्रेलिया बिच परराष्ट्र सचिवस्तरमा उच्चस्तरीय वार्ता सम्पन्न गरिएको छ ।
में, 2023 मा लामो समयपछि अष्ट्रेलियाबाट नेपालमा मन्त्रीस्तरीय भ्रमण सम्पन्न भएको छ ।
फेब्रूअरी, 2023 मा नेपाल-अस्ट्रेलिया Parliamentary Friendship Group पुनर्गठन गरिएको छ ।
नेपाल-अष्ट्रेलिया बैंकिंग सम्वन्ध बढ़ाउन तथा अष्ट्रेलियाबाट नेपाल पैसा पठाउन कसरी सहज बनाउने भन्ने लगायतका विषयमा Reserve Bank of Australia का Governor सँग़ भेटवार्ता गरिएको छ ।
विभिन्न नेपाली संस्थाहरुसंग सहकार्य गरी पर्यटन प्रवर्धनका कार्यहरु भएका छन । यो अवधिमा अष्ट्रेलियाका सबै राज्यहरुमा Nepal Festival हरु भव्यताका साथ सम्पन्न भएका छन । यी सबै Events हरूबाट नेपालको पर्यटन प्रवर्धनमा टेवा पुगेको छ । अहिले यो region बाट नेपाल घुम्न जाने पर्यटक दिनानुदिन बढ़ीरहेका छन । 2023 को पहिलो सात महीनामा अष्ट्रेलियाबाट नेपाल जाने पर्यटकहरुको संख्या 18 हजार भन्दा माथी पुगेको छ ।
यो अवधिमा आफ्नो कार्य क्षेत्रका विभिन्न राज्यका गभर्नर(राज्यप्रमुख), मन्त्रीहरु सँग़ भेटघाट र दुईदेश बिचको सम्बन्ध , ब्यापारका विविध बिषयमा कुराकानी गरिएको छ । त्यसैगरी विभिन्न राज्यहरुमा रहनु भएका नेपाली समुदायहरु संग भेटघाट र अन्तर्क्रियाहरु सम्पन्न भएका छन ।
यो एक बर्षको अवधिमा हाम्रो दूतावासबाट 9,235 वटा पासपोर्टको प्रोसेस भएको छ ।
दूतावासले कडा मेहनत गरी नेपालीहरुलाई सेवा दिईरहेको छ । हाम्रो सेवा प्रवाहमा विभिन्न क्षेत्रहरुमा रहनुभएका Honorary Consul General/ Honorary Consul तथा NRNA लगायत विभिन्न संघ संस्थाहरुले सहयोग ग़र्नु भएको छ ।
अन्त्यमा , नेपाली राजदूतावास नेपाल र नेपालीहरुको हितको लागी काम गर्न सधै क्रियाशील छ । यहाँहरु सबैको सकारात्मक सुझाव र सहयोगको लागी हार्दिक धन्यवाद ।
राजदूतावासको समग्र गतिविधि:

सन् 2007 मा अष्ट्रेलियामा नेपाली राजदूतावास खुल्यो । स्थापनाको समयमा अष्ट्रेलियामा रहेका नेपालीहरुको संख्या 5-7 हजार जति थियो भने अहिले सन् 2023 मा अष्ट्रेलियामा रहेका नेपालीको संख्या 1 लाख 22 हजार भन्दा पनि बढ़ी छ ।
अष्ट्रेलियामा रहेका नेपालीहरुको संख्या दिनानुदिन बढ़िरहेको तर दूतावासमा कर्मचारीको संख्या चाही अझै यथावतै रहेको अर्थात् क़रीब पाँच हज्जार नेपालीलाई सेवा दिई रहेका उहि संख्याका कर्मचारीले ठुलो संख्यामा रहेका नेपालीहरुलाई सेवा प्रदान गरिरहनु भएको छ ।
दूतावासको एउटा प्रमुख कार्य सेवाग्रहीको पासपोर्ट बनाउने सम्बन्धि हो । पासपोर्ट विभागको मापदण्ड अनुसार इलेक्ट्रोनिक पासपोर्ट बनाउन online form भरेर आफूले पाएको समयमा आफ़्नो biometrics दिन र फ़ोटो खिच्न क्यानबेरा स्थित राजदूतावासमैं आउनुपर्ने बाध्यात्मक परिस्थिति छ । कतिपय समयमा प्राविधिक कारणले पनि online प्रणालीमैं समस्या आउछ । अहिले दैनिक झण्डै 200 जनाको पासपोर्ट नवीकरणको माग देखिएको छ तर केन्द्रबाट आएको विशेष software जड़ित दुईवटा कम्यूटरबाट दुईजना कर्मचारीले 60-70 जनाको मात्र serve गर्न सक्ने अवस्थामा हामी छौं । यसका अतिरिक्त अत्तिनै जरुरी परेर आउनु भएका ( validity expired, lost and damaged Passport ) हरुलाई तत्कालै सेवा दिइरहेका छौं ।
दैनिक करीब 200 फोन कल दूतावासको फ़ोन नम्बरमा आउँछ तर करीब 50 जतिको मात्र फ़ोन उठाउन सकिएको छ । त्यसको कारण हो तिनै हाम्रा सीमित कर्मचारीहरु पासपोर्ट लगायतका काम गरीरहनु भएको हुन्छ र वहाँहरुले नै फ़ोन पनि उठाउनु पर्ने र लामो समय दिएर जवाफ दिनुपर्छ । पासपोर्ट सम्बन्धी सामान्य सोधपुछको लागीमात्र फोन नगरी दिनु भए फ़ोनको लोड पनि कम हुने र अत्यावश्यक परेकाहरुले फोनमा कुरा गर्न पाउनेछन ।
दैनिक आउने करीब 100 वटा जति सबै EMAIL हरुको चाही बिहान बेलुका अफिस समय बाहेकबाट भएपनि जवाफ दिईरहेका छौं । दूतावासको website यहाँहरूले राम्रो संग अक्षरशः पढ़ी दिनुभयो भने फ़ोन गर्नुपर्ने ज़रूरत पनि पर्दैन, इमरजेंसी परेमा बाहेक ।
पासपोर्टको माग अत्यधिक भएको र दुतावासको जनशक्तिले नभ्याएकोले केन्द्रबाट पनि पासपोर्टको थप घुम्तिटोली माग गरेका छौं ।
दीर्घकालीन रुपमा दुतावासमा नै कर्मचारी थप गर्नको लागी हामीले केन्द्रमा अनुरोध गरीसकेका छौं । Biometrics लिने काम अष्ट्रेलिया, न्युज़िल्याण्डका विभिन्न राज्यहरुबाट नै गर्नेगरी सेवा विकेन्द्रित गर्दा त्यहाँ रहनु भएका नेपालीहरुलाई सहज हुन्छ भनि सुझाव पनि दिईएको छ ।
नेपाल-अष्ट्रेलिया सिधा हवाई उड़ान सुरु गर्ने बिषय अहिले प्रक्रियामा रहेको छ । Nepal Airlines Corporation (NAC) ले अष्ट्रेलियाका सम्बन्धित निकायका पूरा ग़र्नुपर्ने प्रक्रियाहरु मध्ये केहि प्रक्रिया पूरा गरीसकेको छ, केहि स्वभाविक प्रक्रियामा छन। यो हवाई उड़ान छिट्टै सुरु हुने विश्वास छ ।
दुइ देशबीच लगानी र ब्यापार बढाउने र यो कार्यमा सहजीकरणको लागि दुइ देशबीच एउटा संयन्त्र बनाउने प्रयास भै रहेको छ ।
अष्ट्रेलियाबाट थप उच्चस्तरीय भ्रमणहरुको तैयारी भैरहेको छ । त्यस्तै विश्वविद्यालयहरु, अनुसन्धान संस्थाहरु र विशेषज्ञहरुको संलग्नता बढ़ाई कृषि, बन, बनस्पति, पानी, बातावरण, स्वास्थ, शिक्षा, छात्रबृत्ति लगायतका क्षेत्रहरुमा अष्ट्रेलियाले नेपाललाई थप सहयोग गर्नेगरी प्रयास भै रहेको छ ।
विद्यार्थीहरु लगायत नेपालीहरुले भोगिरहेका सामाजिक, मनोबैज्ञानिक समस्याहरुलाई विभिन्न संघ संस्था समुदायहरुसंग मिलेर हल गर्ने थप प्रयास गरिने छ ।
Remittance को बारेमा बिद्यार्थीहरुले नेपालबाट आउँदा Legal channel प्रयोग गरी विदेशी मुद्रा ल्याउनु भए जस्तै यहाँबाट पनि सबैले Legal channel मार्फत नै नेपालमा रकम पठाउनु हुन अनुरोध छ ।

कैलाश राज पोखरेल
राजदूत
नेपाली राजदूतावास, क्यानबेरा |
July 19, 2023

@NepalEyes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP