शनिबार , बैसाख ६, २०८२

गौर हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै गौरमा प्रदर्शन भएको छ ।

गौर हत्याकाण्डका पीडितहरुले तत्कालीन घटनानमा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । १६ वर्षअघि भएको गौर हत्याकाण्डमा २७ जनाको मृत्यु भएको थियो ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘गौर हत्याकाण्डको मुख्य दोषी उपेन्द्र यादवलाई कारबाही गर’, ‘न्याय मार्न पाईँदैन’, ‘पीडितलाई न्याय देउ’, ‘मानवअधिकारको रक्षा गर’, ‘कानून प्रशासन लागु गर’,‘दर्ता भएको जाहेरीमाथि कारबाही अघि बढा’, ‘हत्यारालाई बचाउन पाईँदैन्’, ‘जंगली राज चाहिँदैन्’लगायतका नारा लगाए । २०६३ साल चैत ०७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादी केन्द्रले गौर सदरमुकाममा रहेको राइसमिलमा छुट्टाछुट्टै राखेको कार्यक्रमका बेला झडप भएको थियो ।

जसमा माओवादी कार्यकर्ता ठूलो संख्यामा मारिएका थिए । हत्यामा संलग्नहरुको बिरुद्ध तत्कालीन समयमै किटानी जाहेरी दिए पनि कारबाही नभएकाले पीडितहरुलाई न्याय दिलाउन तथा अपराधीहरुलाई कानूनी दायरामा ल्याउन प्रदर्शन गरिएको उनीहरुले बताएका छन् ।प्रदर्शनमा हत्याकाण्डका पीडित परिवारका सदस्य समेत सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP