मंगलबार , अषोज २७, २०८३

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म रेल सेवा शुरु भएको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनकपुर–जयनगरदेखि महोत्तरीको भंगहासम्म चल्ने रेल सेवालाई हरियो झण्डा देखाएर नियमित रेल सेवा शुरु गरे ।

मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि भंगहा स्टेसनबाट जयनगरका लागि रेल गुडेको छ। यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको छ।आजदेखि थप १७ किलोमिटरमा रेल सेवा सञ्चालन भएको छ । महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्मको ५२ किलोमिटरमा रेल सेवा सञ्चालन हुनेछ।

भारत सरकारको आर्थिक सहयोगमा भारतीय कम्पनी इरकनले १७ किलोमिटर विस्तार गरेको थियो भने १८ जेठमा नेपाल रेल्बे कम्पनीलाई हस्तान्तरण गरेको थियो।ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म सञ्चालनमा आएको थियो ।सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक सञ्चालनमा थियो ।

भोलिदेखि भने थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले झाले बताए ।भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक साँझ र बिहान सेवा दिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP