मंगलबार , अषोज २७, २०८३

नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले पार्टीको निर्देशन विपरीत भएको राष्ट्रिय भेलालाई गम्भीरतापूर्वक लिएको बताएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरीत बुधबार वरिष्ठ नेता माधव नेपाल समुहको भेलामा कार्यकर्ता सहभागी भएपछि महासचिवले यस्तो प्रतिक्रिया दिएका हुन् ।

बुधबार साँझ न्युज एजेन्सी नेपालसंग कुराकानी गर्दै महासचिव पोखरेलले पार्टी अध्यक्ष र महासचिवको निर्देशन विपरीत भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताए ।

पार्टी अध्यक्षले धुम्बाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर माधव नेपाल समूहले राम्रो नगरेको प्रतिक्रिया दिए ।

‘अहिले जुन किसिमको भेला भयो । त्यो निर्देशनको बाबजुद पनि भेला भएको छ । आज र भोलि आयोजना भएको यो कार्यक्रमको बारेमा गम्भीरताका साथमा नोट गरिन्छ’ पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP