शनिबार , भाद्र १३, २०८३

दक्षिण कोरियामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३३ जना मानिसको मृत्यु भएको छ।

समाचार संस्था एएफपीका अनुसार देशका विभिन्न ठाउँमा आएको बाढी-पहिरोले जनजीवन प्रभावित भएको छ।

दक्षिण कोरियाको मध्य भागमा पर्ने छेओङ्जुमा एउटा अन्डरपासबाट आइतबार बिहान ७ जना मानिसको शव निकालिएको छ। अन्डरपासमा पानी भरिएपछि त्यहाँ एउटा बससहित १५ वटा जति सवारी साधन डुबेका छन्।

अन्डरपासमा अरू धेरै मानिसहरू फसेको हुनसक्ने अधिकारीहरूले बताएका छन्। उनीहरूको खोजी र उद्धारको प्रयास भइरहेको छ।

दक्षिण कोरियाको आन्तरिक मामिला मन्त्रालयले १० जना मानिस बेपत्ता भएको र अहिलेसम्म झन्डै ८ हजार मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको बताएको छ।

भारी वर्षाका कारण दक्षिण कोरियाको रेल सेवा पनि प्रभावित भएको छ।

मनसुनका कारण दक्षिण कोरियामा विगत चारदेखि भारी वर्षा भइरहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP