सोमबार , अषोज २६, २०८३

एजेन्सी : मोस्ट वान्टेड ग्याङ्स्टर गोल्डी ब्रारले ज्यान मार्ने धम्की दिएपछि बलिउड सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ।

सलमान खानको बारेमा एक न्यूज च्यानलसँग कुरा गर्दै गोल्डी ब्रारले भनेका थिए, ‘हामी सलमान खानलाई साँच्चै मार्नेछौँ।’ यो खुला धम्कीपछि सुरक्षा निकायले सलमानको सुरक्षामा वृद्धि गरेको हो।

सलमान खान अहिले आफ्नो शो ‘बिग बोस ओटीटी २’ लाई लिएर निकै चर्चामा छन्। यसबाहेक उनी आफ्नो व्यक्तिगत जीवनका कारण पनि चर्चामा छन्।

खानमाथि लामो समयदेखि कालो हरिणको शिकार गरेको आरोप लागेको थियो। जसका कारण विष्णोई समुदाय अभिनेतासँग आक्रोशित छन्।

यस मामिलामा अब सलमान खानलाई लरेन्स विष्णोईका सहयोगी र ग्याङ्स्टर गोल्डी ब्रारले धम्की दिएका हुन्।

यसअघि पनि लरेन्स विष्णोईले सलमान खानलाई मार्ने धम्की दिएका थिए। लरेन्स विष्णोईले सलमान खानले मन्दिरमा गएर माफी मागे भने सबै ठिक हुने बताएका थिए। तर, अहिलेसम्म त्यस्तो हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP