मंगलबार , बैसाख २९, २०८३

पाल्पा भैरवनाथ मन्दिरका मुख्य पुजारी जितनाथ योगी निलम्बनमा परेका छन् । मन्दिरमा आएका महिला दर्शनार्थी माथि यौनजन्य दुुव्र्यवहार गरेका कारण योगी निलम्वनमा परेका हुन् ।

योगीले टिका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुुव्र्यवहार गरेको विषय बाहिर आएपछि मन्दिर व्यवस्थापन समितिले विहिवारदेखि लागू हुने गरी निलम्वन गरेको हो । विगत लामो समयदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा कार्य गर्दै आएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीहरुलाई टिका लगाईदिने क्रममा यौन दुव्र्यवहार गरेको भन्ने सामचार बाहिरिएपछि थप अनुुसन्धानका लागि उनलाई निलम्वन गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यहाँको यो मन्दिरमा नाथ सम्प्रदायका योगी पुुजारी रहने व्यवस्था छ । जसका कारण योगीले वर्षौदेखि मन्दिरमा पूूजा आजा गर्दै आएका थिए । उनले मन्दिरमा दर्शनका लागि आउने भक्तजन तथा दर्शनार्थी माथि गरेको व्यवहारका कारण थप अनुसन्धान गर्न निलम्वन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताए ।

योगीले महिलामाथि यौनजन्य दुुव्र्यवहार गरेको समाचार सार्वजनिक भए लगत्तै मन्दिर व्यवस्थापन समितिले मन्दिरमा जडित सिसि क्यामराको फूटेज समेत हेरेको थियो । उक्त फुुटेजमा समाचारमा उल्लेख भए जस्तै कुरा फेला परेपछि अनुुसन्धानलाई सहज बनाउन योगीलाई निलम्बन गरिएको अध्यक्ष पोखरेलको भनाई छ । उनले भने, ‘घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन प्रहरीलाई सहज होस् भनेर योगीलाई निलम्बन गरिएको छ ।’ घटना बाहिर आएर योगी निलम्बन भए पनि जिल्ला प्रहरी कार्यालयमा पीडितबाट जाहेरी भने परेको छैन । पूजारीको विषयमा जानकारी प्राप्त भए पनि पीडितबाट जाहेरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक भुुपेन्द्र थापाले बताए । प्रहरीले घटनाको सुुक्ष्म अध्ययन भने गरेको छ । पुजारी योगीलाई अहिले परिवारको जिम्मा लगाइएको छ ।

पुजारी योगीले आर्थिक अनियमितामा समेत बेला बेलामा मुुछिदै आएका थिए । उनले यस अघि मन्दिरमा दर्शनार्थीले दान पत्रमा चढाएको भेटी र जिन्सी सामग्रीमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुुसन्धान आयोगमा उजुरी समेत परेको थियो । समितिले योगीको मासिक तलव १८ हजार ५ सय ५० निर्धारण गरे पनि मन्दिरमा चढाइएको दान, भेटी आफू खुशी प्रयोग गर्दै आएको बताइन्छ । पटक–पटक विवादमा तानिएका मुख्य पुजारी निलम्बनमा परे पनि मन्दिरको नियमित पूूूजा भने रोकिएको छैन । मन्दिर व्यवस्थापन समितिले नियमानुसार दैनिक पुजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP