मंगलबार , अषोज २७, २०८३

रूपन्देहीको भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ ।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले बिहीबारदेखि आफ्नो पहिलो पाँचतारे लक्जरी होटल संचालनमा ल्याएको हो ।
बिहीबार पत्रकार सम्मेलन गरी ग्रुपले आन्तरिक तथा वाह्य पर्यटक केन्द्रित सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको बताएको छ ।
२५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामीणस्तरको खाजा पसलबाट शुरु भएको सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पांचतारे होटेलसम्म आइपुगेको छ ।
सिद्धार्थको शुरुवाती यात्रा २०५४ सालमा कैलालीबाट शुरु भएको थियो । कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको ग्रुपले भैरहवामा पहिलो पांचतारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको हो ।
भैरहवाको अञ्चलपुरमा चार बिघा क्षेत्रफलमा साढे २ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको सिद्धार्थ भिलासा लुम्बिनी प्रदेशको तेस्रो पांच तारे होटेल हो ।
होटलमा डिलक्स एक्जुकेटिभ स्वीट,प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार स्तरका ८५ कोठा पहिलो चरणमा बनेका ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

होटलमा क्यासिनो, नेपालकै ठूला सभा हल,३ वटा सेमिनार हल, लबी लाउञ्ज,अल डे डाइनिङ,रुफ टप रेष्टुरेन्ट,स्वीमिङ पुल,फिटनेस, जिम हल,स्पा,सहितको हेल्थ क्लब,लङ टेनिस कोर्ट सहितका पुर्वाधार रहेका ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पांचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले बताए ।
बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पांच तारे होटेलमा लगानी गरिएको न्यौपानेले बताए ।
होटेलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसंग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए ।
सिद्धार्थ ग्रुपले छिटै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटेलहरु सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

रेष्टुरेन्ट तर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए ।
ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको बताए ।
सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रुपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ ।

ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र बृद्धि गर्न भारतसंगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसंग निरन्तर पहल गर्नुपर्ने माग गरे । पत्रकार सम्मेलनमा ग्रुपका सदस्य सचिव महेन्द्र न्यौपाने, सञ्चालक योगराज कंडेल, सिद्धार्थ भिलासाका जनरल म्यानेजर काशि अधिकारी,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, पुर्व अध्यक्ष माधव ढुंगाना लगायतले
रुपन्देहीमा पांच तारे होटेल सिद्धार्थ भिलासा सञ्चालनमा आउंदा पर्यटन संगै कृषि र अन्य व्यवसायमा टेवा पुग्ने र रोजगारी सिर्जना हुने बताए । राज्यले निजी क्षेत्रमैत्री वातावरण बनाउनुपर्र्नेमा उनीहरुको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP