मंगलबार , बैसाख २९, २०८३

मंगलबार नेप्से परिसूचक ५६.९४ अंकले बढेको छ।

यस दिन नेप्से २.६७ प्रतिशतले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ५ अर्ब ३१ करोड २४ लाख २२ हजार ८७ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० रुपैयाँ पुगेको छ।

यस दिन २७५ वटा धितोपत्रको १ करोड ३१ लाख ७ हजार ८० कित्ता सेयर किनबेच भएको हो।

लगानीकर्ताहरू अहिले क्षेत्रगत (सेक्टर) परिवर्तन गरिरहेका छन्। केही समय अघिसम्म होटल्स, जलविद्युत कम्पनीका लगानी गरिरहेकाहरू अहिले बीमा र लघुवित्त तिर ओइरिएका हुन्।

सोही कारण मंगलबारको बजारमा ३० वटा कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ। अधिकांश लघुवित्त कम्पनीको सेयरमूल्य बढेको छ।

यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा सिक्लेस हाइड्रोपावर रहेको छ। कम्पनीको सेयरमूल्य ३.८८ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३९८ रुपैयाँ ९० पैसामा सीमित भएको छ।

यस्तै, गरिमा डिवेञ्चर २०८५ को मूल्य ३.०८ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य ८३२ रुपैयाँमा झरेको छ।

मंगलबार स्वावलम्बन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ९३४ रुपैयाँमा २५ करोड १२ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा ८.६० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६२६ रुपैयाँमा २२ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी १० समूहको परिसूचक बढेको छ।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ८.९६ प्रतिशतले बढेको छ।

यस्तै, वित्त समूहको परिसूचक ४.४४ प्रतिशतले बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP