शनिबार , भाद्र १३, २०८३

अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा-९ घर भई हाल काठमाडौं वडा-१ बस्ने २४ वर्षीय राजा चौधरी, जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय विवेक चौधरी छन्।

त्यस्तै, काठमाडौं महानगरपालिका-२६ बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २४ वर्षीय आशा गुरूङलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूले मारिया स्वीप, मारिया शनको फेसबुक अकाउन्टबाट दैनिक ८ घण्टाका दरले गेम खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।  उनीहरूलाई सोधपुछ गर्दा मोबाइलमा अनलाइन क्यासिनो गेममार्फत् बाजी राख्न लगाई सट्टेबाजी खेलाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।

उनीहरूको मोबाइलबाट विदेशी नाम गरेका व्यक्तिहरूले च्याटमार्फत् अनलाइन ग्यामलिङ अकाउन्टमा रकम राखिएको र झिकिएको पाइएको प्रवक्ता रेग्मीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP