शनिबार , बैसाख ६, २०८२

अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा-९ घर भई हाल काठमाडौं वडा-१ बस्ने २४ वर्षीय राजा चौधरी, जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१४ बस्ने २५ वर्षीय विवेक चौधरी छन्।

त्यस्तै, काठमाडौं महानगरपालिका-२६ बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २४ वर्षीय आशा गुरूङलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूले मारिया स्वीप, मारिया शनको फेसबुक अकाउन्टबाट दैनिक ८ घण्टाका दरले गेम खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।  उनीहरूलाई सोधपुछ गर्दा मोबाइलमा अनलाइन क्यासिनो गेममार्फत् बाजी राख्न लगाई सट्टेबाजी खेलाउने गरेको प्रमाण प्रहरीले फेला पारेको छ।

उनीहरूको मोबाइलबाट विदेशी नाम गरेका व्यक्तिहरूले च्याटमार्फत् अनलाइन ग्यामलिङ अकाउन्टमा रकम राखिएको र झिकिएको पाइएको प्रवक्ता रेग्मीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP