
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि झण्डै पौने ३ अर्वको बजेट सार्वजनिक गरेको छ ।
दोस्रो नगरसभाको तेस्रो अधिवेशनमा उपप्रमुख जगेश्वरदेवी चौधरीले २ अर्व ७३ करोड ८४ लाख ३९ हजार ५२९ रुपियाँको बजेट प्रस्तुत गरेकी हुन् । प्रस्तुत बजेट मध्ये चालु खर्च तर्फ १ अर्ब ६ करोड २४ लाख ५० हजार अर्थात ३८.७९ प्रतिशत र पूँजीगत तर्फ १ अर्व ६७ करोड ५९ लाख ८९ हजार ५ सय २९ रुपियाँ बिनियोजन गरिएको छ ।
तिलोत्तमाले चालु आर्थिक वर्षका लागि २ अर्व ७ करोड ७८ लाख ८३ हजारको बजेट ल्याएको थियो ।
तिलोत्तमाले आगामी वर्षका लागि भवन, शहरी विकास र पूर्वाधारका लागि सबैभन्दा बढी बजेट छुट्याएको छ । जसका लागि १ अर्ब ९५ लाख बजेट बिनियोजन गरिएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रका लागि १४ करोड ३८ लाख ७७ हजार बजेट बिनियोजन गरिएको छ ।
त्यस्तै शिक्षा क्षेत्रका लागि ४८ करोड १२ लाख, कृषि, पशुपालन र सिंचाईका लागि ३ करोड २३ लाख ५१ ह्जजार, युवा, खेलकुद तथा मनोरन्जनका लागि ७३ लाख, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ३ करोड ६५ लाख ५९ हजार बजेट छुट्याइएको छ ।
बजेटको पूर्ण पाठ