मंगलबार , अषोज २७, २०८३

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख, राजश्व बाँडफाडतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदान तर्फ १ करोड ३० लाखको अनुमान गरिएको छ ।

यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै, गत वर्षको बैँक मौज्दात ३ करोड, सडक बोर्ड तर्फ ४० लाख गरी आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।

नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागि प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP