शुक्रबार , बैसाख २६, २०८२

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो ।

जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख, राजश्व बाँडफाडतर्फ १४ करोड ४१ लाख ९७ हजार, समपुरक अनुदान तर्फ १ करोड ३० लाखको अनुमान गरिएको छ ।

यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार, सशर्त अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै, गत वर्षको बैँक मौज्दात ३ करोड, सडक बोर्ड तर्फ ४० लाख गरी आगामी वर्ष २०८०÷०८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷०८० को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।

नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०÷०८१ लागि प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको नीति कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु