शनिबार , भाद्र १३, २०८३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अपरान्हका लागि बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री द्वय झलनाथ खनाल र माधवकुमार नेपाल अनुपस्थित हुने भएका छन् ।

राष्ट्रपति भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु समेतलाई सर्वदलीय बैठकमा बोलाएकी छन् ।

नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालले चैत ४ र ५ गते आफूपक्षीय अगुवा कार्यकर्ता भेला आयोजना गर्ने भएकाले त्यसकै तयारीमा व्यस्त भएर सर्वदलीय बैठकमा सहभागी हुन नसक्ने जनाएका छन् ।

‘चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ, त्यसमा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र पेश गर्नुपर्ने हुन्छ,’ नेपाल निकट केन्द्रीय सदस्य विष्णु रिजालले भने , ‘त्यसको तयारी गर्नुपर्ने भएकाले माधव नेपाल सर्वदलीय बैठकमा सहभागी हुनुहुन्न ।’

अर्का नेता झलनाथ खनाल पनि अगुवा कार्यकर्ता भेलाको तयारीमा जुट्नुपर्ने भएकाले सर्वदलीय बैठकमा नजाने बताए ।

यता, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल भने जाने भएका छन् । नेकपा माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू र अध्यक्ष प्रचण्ड बैठकमा सहभागी हुने बताए ।

यसैबीच जसपा नेपाल पनि बैठकमा सहभागी हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP