मंगलबार , अषोज २७, २०८३

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाब यहि जुलाई २९ तारिक को दिन हुने जानकारी सबैलाई अबगतनै छ। यसै संगै यस सस्थामा सदस्यता लिने र बनाउने होडबाजी नै चलेको छ। NRNA अस्ट्रेलियाले दिएको जानकारी आनुसार सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने समय सिमा यही सोमबार सकिँदैछ। अब एनआरएनए अष्ट्रेलियाको सदस्य बन्न चाहनेहरुले २०२३, २६ जुन सोमबारको मध्यराती ११ः५९ बजेसम्म आवेदन दिन पाउने छन्।

गत बर्षबाट नै सदस्यता पुरै समय खोलिनु पर्छ र चुनाबको बेला बन्द गर्नु पर्छ भन्ने कुरालाई आई सी सी को कारण सहजीकर गर्न नसकिएको र पक्कै पनि आगामी कार्यकालले यसलाई अनमुदोन गर्ने जानकारी NRNA- AUS का प्रबक्ता उमेश खड्काले दिनु भयो। संगै सदस्यता बनाउने कुरा कसैलाई हराउने जिताउने भन्दा पनि यस संस्थालाई सुदृढ गर्ने पबित्र उदेश्यका साथ हुनु पर्नेमा पनि वहाले जोड दिनु भयो।

एन आर एन ए अष्ट्रेलिया एसिकमा रजिष्ट्रेशन भएको संस्था भएकोले यस्को बहुमत बोर्ड अफ डाईरेक्टरको निर्णय सर्बमान्य हुने हुदा १२ जनाको बहुमत बोर्ड अफ डाईरेक्टरको हस्ताक्क्षरको बिज्ञप्ति सहित उक्त निर्णय भएको हो।

यदी तपाई पनि अस्ट्रेलियामा बस्ने नेपाली हुनुहुन्छ भने ढिला नगरी आजै Smart NRNA को APP डाउनलोड गरि NRNA को सदस्य बन्न सक्नु हुनेछ। सदस्यता हुने समय सिमा २०२३, २६ जुन सम्म मात्र।

आजै, केहि समय पहिले एनआरएन अष्ट्रेलियाले एक विज्ञप्ती जारी गर्दे नयाँ सदस्यता लिने र नवीकरण गर्ने समय चार दिन थपेको खबर पनि आएको थियो।  NRNA -AUS का अध्यक्ष नन्दु गुरुङ्गको हस्ताक्क्षर सहितको बिज्ञप्तिमा, स्मार्ट एनआरएनए मोबाइल एपमा केही समस्या देखिएको र उक्त समस्या समाधान गर्ने काम भइरहेकोले ४ दिन थप गरिएको जानकारीमा आएको थियो।

तर त्यसको केहि समय लगतै समय आवधि २६ जुन सम्मको लागि  बहुमत बोर्ड अफ डाईरेक्टरको हस्ताक्क्षर सहित निर्णय गरिएको जानकारी  प्रवक्ता उमेश खड्काले दिनु भएको थियो।  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP