शनिबार , बैसाख ६, २०८२

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन परिवर्तन हुने संकेत गरेका छन्। शनिबार (आज) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले चित्त बुझ्नेगरी काम नगरे गठबन्धन फेरिने बताएका हुन्।

‘चुनावपछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो’, उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ। नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन।’

थापाले थपे, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छाड्दिनँ भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने?’

प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता थापाको यस्तो अभिव्यक्ति त्यसबेला आएको छ, जतिबेला नयाँ गठबन्धन निर्माणका लागि एमाले र कांग्रेसका दोस्रो तहका नेता संवादमा छन् भन्ने चर्चा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP