शनिबार , भाद्र १३, २०८३

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अझै पनि वाम सरकार बचाउनुपर्ने बताएका छन् । आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियान कार्य सम्पादन समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै गौतमले माओवादी केन्द्र सहितको सरकार बनाउनुपर्ने बताए ।

वाम सरकार बनाउन एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहलकदमी अगाडि बढाउनुपर्ने गौतमले बताए । ‘वाम सरकार भनेको एमाले र माओवादीको सरकार हुनेछ । प्रचण्डलाई बोलाएर छलफल गर्नुहोस्’, गौतमको सुझाव छ । एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि पनि वाम गठबन्धनको संभावना रहेको उनको भनाइ गौतमको भनाइ छ ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले बताए । ‘नेपालका सबै कम्युनिष्ट पार्टीलाई पार्टीगत एकता गर्न नसकेपनि राजनीतिक संयुक्त मोर्चामा ल्याउन सफल हुनेछ भनेर अगाडि बढेको छु । म सफल हुन्छु’, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग भएपछि गौतमले आफ्नो अभियानको नाम पनि फेरेका छन् । यो अभियानका सचिव बाबुराम थापाले एमाले एकताबद्ध बनाउनुपर्ने भएकाले नाम एमाले राखिएको बताए । बैठकलाई सम्बोधन गर्दै गौतमले दुई खेमामा विभाजित एमालेलाई एकताबद्ध गराएरै छोड्ने बताए ।

‘केपी ओली र माधव नेपालको वार्ता सुरु भइसक्यो’, उनले भने । एमाले एकताबद्ध बनाउन अध्यक्ष ओलीकै महत्वपूर्ण भूमिका हुने पनि गौतमले बताए । अदालतको फैसलालगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने ओलीले उल्टै पुनर्स्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याएको उनले बताए ।

गौतमले ओलीलाई पुनर्स्थापित एमालेको विधान, संगठनात्मक संरचना र प्रणालीअनुसार, पार्टी चलाउन सुझाव दिए । यी सवै शर्त पूरा गरेमा ओलीलाई साथ दिन आफू तयार भएको पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP