मंगलबार , अषोज २७, २०८३

चीनको उत्तरपश्चिम क्षेत्रको निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट भएको छ।

बुधबार राति  निङ्गसिय स्वायत्त क्षेत्रको यिन्चुआन सहरस्थित एक बारबीक्यु रेष्टुरेन्टममा विस्फोट हुँदा ३१ जनाले ज्यान गुमाएको समाचार संस्थान सिन्ह्वाले उल्लेख गरेको छ।

सिन्ह्वाका अनुसार रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको हो।

विस्फोटमा परी सात जना घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको बताइएको छ।

घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्। उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा सुरक्षा लगातार निरीक्षण गर्नु र गराउन अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।

यसअघि  २०१५ मा श्रृंखलावद्ध  विस्फोटमा  तियन्जिनको उत्तरी क्षेत्रमा १७३ जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP