सोमबार , बैसाख ८, २०८२

काठमाडौँ– नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले एमाले एक हुने सम्भावना नदेखिएको बताएकी छन्।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले एमाले मुख्यालय धुम्बाराहीमा भएको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफललाई सकरात्मक रुपमा लिन सकिने भए पनि एकता हुने सम्भावना नदेखिएको बताएकी हुन् ।

उनले एमाले अस्तित्वको आधार २३ फागुनको सर्वोच्चको फैसला भएको भन्दै सोही फैसलाअनुसार २०७५ जेठ २ गतेकै अवस्थाबाट एमाले सक्रिय हुनुपर्ने बताएकी छन्।

उनले २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्ने समेत फेसबुकमा लेखेकी छिन् ।

उनले फेसबुकमा यस्तो लेखेकी छिन्-

आजको दिनसम्म नेकपा एमाले एउटै हुने सम्भावना देखिएन। षड्यन्त्र, छलछाम गरेर पाँच वर्षका लागि प्राप्त गरेको जनताको म्यान्डेटलाई संसद र पार्टी एकता भङ्ग गरेर अस्थिरता तिर धकेल्न खोज्नु जनमतको अपमान हो तर पनि आजको संवादलाई सकारात्मक मान्न सकिन्छ।

नेकपा एमाले पार्टीको अस्तित्वको आधार फागुन २३ गतेको सर्वोच्चको फैसला हो। त्यसले भनेको छ- नेकपा एमालेको वैधानिक आधार २०७५ जेठ २ अघिको अवस्था हो। त्यही आधारमा अगाडी बढ्ने हो भने मात्र पार्टी एक रहन सक्छ, त्यसका लागि आधारभूत रूपमा २०७५ जेठ ३ देखि यताका सबै निर्णयहरूलाई शुन्य मान्नुपर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP