मंगलबार , अषोज २७, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इतिहास पढ्ने विषय मात्रै नभइ रच्ने विषय पनि भएको बताएका छन्।

रास्वपाले आज पहिलो स्थापना दिवस मनाउँदैछ। अघिल्लो असार ७ गते स्थापना भएको पार्टी अहिले २१ सिटसहित संसदको चौथो दल बनेको छ।

सभापति लामिछानेले ‘होइन, छैन र सकिँदैन’ मात्र नभइ ‘हो, छ र सकिन्छ’ भन्दै अघि बढ्नुपर्ने बताए।

‘आलोचना त कालिकोटमा अस्पताल बनाउँदा पनि हुन्थ्यो, कोभिडमा अक्सिजन खोज्दा पनि हुन्थ्यो। अल्मलिने हजार बहाना हुँदा, अघि बढ्ने लाख बाटो भेटिन्छन्। के छान्ने आफ्नो हातमा हुन्छ। रास्वपा एक वर्षको हुँदा हिजोको जग खडा गर्नु हुने सिधा कुरा टिमका साथीहरूलाई सम्झन चाहन्छु’ उनले भनेका छन्।

उनले आज साँझ ७ बजे, ७ प्रदेश, ७७ जिल्लामा ७७ पटकक घण्टी बजाएर ऐक्यबद्धता जनाउन भनेका छन्।

अहिले रास्वपाको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने र दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म चियापान आयोजना गरिएको रास्वपाले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP