आइतबार , जेठ २६, २०८२

काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ।

बुधबार उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई उक्त मेला नरोक्न आदेश दिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन‍्।

‘हिसानलाई शैक्षिक मेला गर्न बाटो खुलेको छ’, उनले भनिन्।

एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो।

सोमबार महानगरले शिक्षा मेलामा रोक लगाएकोविरूद्ध हिसानको तर्फबाट उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP