शनिबार , जेठ २५, २०८२

काठमाडौँ– नेपाली उबर (ट्याक्सी) चालक शोभाकर खड्कामाथि दुर्व्यहार गर्ने अमेरिकी महिला यसअघि पनि पटक-पटक पक्राउ परेको खुलासा भएको छ ।

नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गर्ने अर्ना किमाई सन् २०१५ मा एक पटक र २०२० मा दुईपटक पक्राउ परेको प्रहरी रेकर्डमा उल्लेख रहेको सान फ्रान्सिस्को प्रहरीले खुलासा गरेको अनलाइन मिडिया एचआईटीसीले जनाएको हो ।

चोरी तथा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा प्रहरीले उनलाई यसअघि पनि पक्राउ गरेको उक्त समाचारमा जनाइएको छ ।

केही दिन अघि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली चालक खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

खड्काले उनीहरुलाई माक्स लगाउन भनेको विषयमा ती महिलाले दुर्व्यहार गरेको थिए ।

दुर्व्यवहारको घटना सार्वजनिक भएपछि घटनामा संलग्न महिलालाई सान फ्रान्सिस्को प्रहरीले पक्राउ गरी दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरेको छ ।

गत मार्च ८ का दिन सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट खड्काले तीन यात्रुलाई ट्याक्सीमा चढाएका थिए। खड्काले ट्याक्सीमा चढेकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। एक महिलाले खड्काको मोबाइलसमेत खोसेकी थिइन् ।

यात्रुले मास्क नलगाएपछि खड्काले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP