सोमबार , अषोज २६, २०८३

काठमाडौँ– नेपाली उबर (ट्याक्सी) चालक शोभाकर खड्कामाथि दुर्व्यहार गर्ने अमेरिकी महिला यसअघि पनि पटक-पटक पक्राउ परेको खुलासा भएको छ ।

नेपाली ट्याक्सी चालक खड्कामाथि दुर्व्यवहार गर्ने अर्ना किमाई सन् २०१५ मा एक पटक र २०२० मा दुईपटक पक्राउ परेको प्रहरी रेकर्डमा उल्लेख रहेको सान फ्रान्सिस्को प्रहरीले खुलासा गरेको अनलाइन मिडिया एचआईटीसीले जनाएको हो ।

चोरी तथा अरुको सामान जबर्जस्ती लिएको अभियोगमा प्रहरीले उनलाई यसअघि पनि पक्राउ गरेको उक्त समाचारमा जनाइएको छ ।

केही दिन अघि क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली चालक खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

खड्काले उनीहरुलाई माक्स लगाउन भनेको विषयमा ती महिलाले दुर्व्यहार गरेको थिए ।

दुर्व्यवहारको घटना सार्वजनिक भएपछि घटनामा संलग्न महिलालाई सान फ्रान्सिस्को प्रहरीले पक्राउ गरी दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरेको छ ।

गत मार्च ८ का दिन सान फ्रान्सिस्को बेभ्यू क्षेत्रबाट खड्काले तीन यात्रुलाई ट्याक्सीमा चढाएका थिए। खड्काले ट्याक्सीमा चढेकी एक युवतीलाई मास्क लगाउन आग्रह गरेपछि उनीहरुले अश्लील गाली र शारीरिक हमला समेत गरेका थिए। एक महिलाले खड्काको मोबाइलसमेत खोसेकी थिइन् ।

यात्रुले मास्क नलगाएपछि खड्काले विनम्रतापूर्वक आफूले ट्रिप रद्द गर्न लागेको भन्दै उनीहरुलाई गाडीबाट ओर्लिन भनेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP