सोमबार , अषोज २६, २०८३
बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आज बिहान ८ बजे  गलकोटबाट  सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा  दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी  मदन केसीका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ।

जीपमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको डिएसपी केसीले सेतोपाटीलाई जानकारी दिए।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल छन्।

डिएसपी केसीका अनुसार उनीहरू मार्केटिङमा जाँदै थिए। दुर्घटनाग्रस्त जीप र दुबैको शव सडकबाट पाँच सय मिटर तल खोँचमै रहेको उनले बताए।

भीर भएका कारण मृतकको उद्दारमा समस्या रहेको डिएसपी केसीले बताए।‘खोँचमा खसेको छ। ठाडो भिरालो हो । सडकसम्म ल्याउन समय लाग्छ,’ उनले भने।

अहिले बागलुङका प्रहरी प्रमुख एसपी योगेन्द्र कुमार खड्का दुर्घटनास्थल पुगेको पनि डिएसपी केसीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP