शुक्रबार , चैत्र २८, २०८१

परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउथले यस्तो जानकारी दिएका हु्न्।

उनले नयाँ संसद भवनमा राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी र कपिलवस्तु लगायत नेपाली भूभाग समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए।

उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारबाट आधिकारिक धारणा आएको बताए।

भारतका विदेशमन्त्रीले यसबारे आधिकारिक धारणा दिएको पनि उनले बताए।

मन्त्री साउदले अखण्ड भारतको नक्साबारे भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई बताए।

उनले अखण्ड भारतको नक्साभन्दा चित्र भएको बताउए। उनले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चारमाध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआई बोल्न नमिल्ने भनेको पनि बताए।

उनले दुई देशको संवेदनशील विषयमा प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धबारे पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP