सोमबार , अषोज २६, २०८३

परराष्ट्रमन्त्री नरायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई प्रधानमन्त्रीको भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साउथले यस्तो जानकारी दिएका हु्न्।

उनले नयाँ संसद भवनमा राखेको अखण्ड भारतसम्बन्धी नक्सामा लुम्बिनी र कपिलवस्तु लगायत नेपाली भूभाग समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको बताए।

उनले अखण्ड भारतको नक्सा म्युरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनेर लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारबाट आधिकारिक धारणा आएको बताए।

भारतका विदेशमन्त्रीले यसबारे आधिकारिक धारणा दिएको पनि उनले बताए।

मन्त्री साउदले अखण्ड भारतको नक्साबारे भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन गरिसकेको समितिलाई बताए।

उनले अखण्ड भारतको नक्साभन्दा चित्र भएको बताउए। उनले अखण्ड भारतको नक्साको विषयमा आफूले सञ्चारमाध्यममा नेपाल सरकारलाई स्पष्ट आधिकारिक जानकारी नआई बोल्न नमिल्ने भनेको पनि बताए।

उनले दुई देशको संवेदनशील विषयमा प्रधानमन्त्रीको भ्रमणको सन्दर्भमा परराष्ट्र मन्त्रीले बोलेको अभिव्यक्तिले त्यो देशको भ्रमण र सम्बन्धबारे पूर्ण जानकारी नलिई बोल्नु परिपक्व नहुने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP