सोमबार , अषोज २६, २०८३

नकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ भारतीय फिल्म आदिपुरुष । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोमबार मात्रै यसले भारतमा ९ देखि १० करोड कमाएको जनाइएको छ ।

यो गिरावट शुक्रबारको कमाइको तुलनामा ७३ प्रतिशत हो । फिल्मको कथावस्तुलाई लिएर भारतसहित छिमेकी मुलुक नेपालमा विरोध प्रदर्शन र आलोचना भएपछि कमाइमा गिरावट आएको बताइएको छ । भारतमा विश्वविद्यालय, स्कुललगायत अन्य संस्थाबाट उच्चस्तरमा बुकिङ भएपछि यसले पहिलो सप्ताहन्तमा राम्रो कमाइ गरेको थियो । तर वर्ड अफ माउथ नकारात्मक आएपछि कमाइमा उच्च गिरावट आएको छ ।

‘आदिपुरुष’ले शुक्रबार पीभीआर, आइनक्स र सिनेपोलिसमा कमाएको १५.४५ करोड भारुको तुलनामा सोमबार यो कमाइमा गिरावट आएर ४.५० करोड भारु हुने प्रक्षेपण गरिएको छ । यो गिरावट मास-बेल्ट क्षेत्रका हलमा समेत देखिएको छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार आगामी दिनमा गिरावट अझै आउन सक्छ, किनभने सोमबारको उक्त तथ्यांक फिल्मलाई लिएर कौतुहलता मानेका दर्शकले हेरेर प्राप्त भएको थियो । तर अब यो आक्रोश देशव्यापी रुपमा फैलिएको छ ।

खासगरी हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाले पनि फिल्मको विरोध गरिरहेका छन् । संवाद र पात्रलाई गलत रुपमा चित्रण गरिएको भन्दै भारतमा विरोध भइरहेको छ । सोमबारसम्म फिल्मले भारतमा ११३ करोड भारु कमाएको पिंकभिल्लाले जनाएको छ । पहिलो साताको समाप्तिसम्म फिल्मले १३० देखि १४० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP