शुक्रबार , जेठ २४, २०८२

नकारात्मक ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापारमा कति असर पुग्छ भन्ने पछिल्लो उदाहरण बनेको छ भारतीय फिल्म आदिपुरुष । भारतीय बक्स अफिसमा प्रदर्शनको चौथो दिन सोमबार फिल्मको कमाइ झण्डै ७५ प्रतिशतले गिरावट आएको छ । सोमबार मात्रै यसले भारतमा ९ देखि १० करोड कमाएको जनाइएको छ ।

यो गिरावट शुक्रबारको कमाइको तुलनामा ७३ प्रतिशत हो । फिल्मको कथावस्तुलाई लिएर भारतसहित छिमेकी मुलुक नेपालमा विरोध प्रदर्शन र आलोचना भएपछि कमाइमा गिरावट आएको बताइएको छ । भारतमा विश्वविद्यालय, स्कुललगायत अन्य संस्थाबाट उच्चस्तरमा बुकिङ भएपछि यसले पहिलो सप्ताहन्तमा राम्रो कमाइ गरेको थियो । तर वर्ड अफ माउथ नकारात्मक आएपछि कमाइमा उच्च गिरावट आएको छ ।

‘आदिपुरुष’ले शुक्रबार पीभीआर, आइनक्स र सिनेपोलिसमा कमाएको १५.४५ करोड भारुको तुलनामा सोमबार यो कमाइमा गिरावट आएर ४.५० करोड भारु हुने प्रक्षेपण गरिएको छ । यो गिरावट मास-बेल्ट क्षेत्रका हलमा समेत देखिएको छ । बलिउड पोर्टल पिंकभिल्लाका अनुसार आगामी दिनमा गिरावट अझै आउन सक्छ, किनभने सोमबारको उक्त तथ्यांक फिल्मलाई लिएर कौतुहलता मानेका दर्शकले हेरेर प्राप्त भएको थियो । तर अब यो आक्रोश देशव्यापी रुपमा फैलिएको छ ।

खासगरी हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाले पनि फिल्मको विरोध गरिरहेका छन् । संवाद र पात्रलाई गलत रुपमा चित्रण गरिएको भन्दै भारतमा विरोध भइरहेको छ । सोमबारसम्म फिल्मले भारतमा ११३ करोड भारु कमाएको पिंकभिल्लाले जनाएको छ । पहिलो साताको समाप्तिसम्म फिल्मले १३० देखि १४० करोड भारु कमाउने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP