सोमबार , अषोज २६, २०८३

अलराउन्डर करण  केसीले अमेरिकाविरुद्ध चौथो विकेट लिएका छन्। सुरुदेखि नै अमेरिकालाई दबाबमा राखेका उनले लगातार विकेट झारेर दबाब बढाएका हुन्।

अलराउण्डर केसीले विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा एक्लैले ४ विकेट लिँदा नेपाली टोलीमा उत्साह देखिएको छ।

करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई पवेलिएनको बाटो देखाए। १ रन बनाएका नोसथुसलाई करणले आरिफ शेखको हातबाट क्याच आउट गराए।

अमेरिकाविरुद्ध घातक बलिङ गरेका करणले पाँचौ ओभरमा ४ विकेट लिएर मात्र ७ रन खर्चिएका छन्।

त्यसअघि करणले नै आठौं ओभरको पााचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए। २२ बल खेलेका जोन्सले मात्र २ रनमा पवेलियन फर्के।

दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई सफलता दिलाएका थिए। करणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए।

अमेरिकाले दशौँ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १९ रन मात्रै बनाउन सकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP