सोमबार , अषोज २६, २०८३

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा हतारमा पार्टी एकता गरेर नेकपा बनाएकाले असफल बनेको बताएका छन् । सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मोर्चा कसैको विपक्षमा नरहेको दाबी गरे । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, गणतन्त्रका पक्षधर, उत्पीडित जाति समुदायका विरुद्ध परिलक्षित छैन’, प्रचण्डले क्षणिक र आवेगमा मोर्चा गठन नगरिएको बताए ।

उनले मोर्चामा सबैलाई समेट्ने प्रयास गर्ने पनि बताए । प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति सङ्केत गर्दै मोर्चामा आउन आग्रह पनि गरे ।  ‘नयाँ शिराबाट तिता मिठा अनुभवको समीक्षा गर्दै जनताको हकलाई सुनिश्चित गर्न समाजवादतर्फ लैजान गठन भएको हो, हिजो हतारमा एकता गरेर सफल गर्न नसकेका नेताहरूलाई पनि मोर्चाको बाटो गरी जाऔँ’, प्रचण्डले अपिल गर्दै भने, ‘नेकपाले आर्थिक सामाजिक रूपान्तरणको बाटोमा अघि बढाउनेछ भन्ने विश्वास लिएको तर दुर्भाग्य जनताको अपार समर्थनका बाबजुद नेकपा बचाउन सकेनौ ।’

उनले नेकपा टिक्न नसक्नुमा सबै समीक्षा गर्नुपर्ने पनि बताए । ‘कहाँ त्रुटि गर्‍यौ समीक्षा गरौँ । मलाई कहिलेकाहीँ लाग्छ–पार्टी एकता गर्न पो हतार गरेछौ कि ? मोर्चा गठन गरेर एकता गर्ने उद्देश्य राखेको भए सफल हुन्थ्यो कि यो सोच्नुपर्ने प्रश्न छ’, प्रचण्डको भनाइ छ । उनले मोर्चाको बाटोबाट नगएर फड्केर जाँदा दुर्घटना भएको भन्दै अग्रगमनका पक्षमा रहेका दलहरूलाई मोर्चामा सहभागी हुन आग्रह गरे । प्रचण्डले हिजो नेकपाको समेत स्मरण र तितो अनुभव ख्याल गर्दै समाजवादी मोर्चा गठन गरेकाले अब आफूहरूको सफलतालाई कसैले रोक्न नसक्ने बताए ।

‘हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरेका छौ । हरेक पार्टीको स्वतन्त्रतालाई पनि सिद्ध्याउने काम गरेका छैनौ’, प्रचण्डले भने, ‘पार्टीको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको विद्यमान समस्या समाधान गर्न एकताको आवश्यकतालाई पनि सम्बोधन गरोस् । त्यसकारण हामीले एकता र स्वतन्त्रताको संयुक्त मोर्चा र पार्टी स्वतन्त्रताको द्वन्द्वात्मक संश्लेषण मोर्चामा गरेका छौ । यसमा सबै कम्युनिस्ट र वामपन्थीले विचार गर्न जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP