शुक्रबार , चैत्र २८, २०८१
नेपालको हवाई सुरक्षा तथा हवाई सुरक्षामा संलग्न सुपरीवेक्षण क्षमता अभिवृद्धिमा फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले सहयोग गर्ने भएको छ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डामिएनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार फ्रान्स र नेपालबीच प्राविधिक सहायता उपलब्ध गराउन सोमबार फ्रान्सको राजधानी पेरिसमा सम्झौता भएको छ।

यससँगै फ्रान्सले नेपाललाई हवाई सुरक्षा अभिवृद्धि गर्न मद्दत पुर्‍याउने उनले बताए।

यो सम्झौता चार वर्षसम्म कायम रहनेछ।

सम्झौतामा यदि कुनै मुलुकलाई सम्झौता खारेज गर्नुपर्ने अवस्था आएमा लिखित निवेदन दिनुपर्ने प्रावधान छ।

त्यस्तै निवेदन दिएको ६० दिनमा सम्झौता खारेज गर्न सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~वि.सं. २०८१ फाल्गुन ०२ गते शुक्रवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP