सोमबार , अषोज २६, २०८३
ताप्लेजुङको सिदिङ्वा ६ मेहेलेमा पहिरोमा पुरिएर सोमबार विहान बाबु-छोराको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरिक्षक राजन लिम्बुका अनुसार मृत्यु हुनेमा सिदिङ्वा-६ मेहेले मुकुभञ्ज्याङका केशरकुमार राई र उनका छोरा सुरेश कुमार छन्।

पहिरोमा पुरिएर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

पहिरोमा परेर  थप एकजना गम्भीर घाइते भएका छन्।

सोही पहिरोमा परेका राजकुमार राई भने शक्त घाइते भएका छन्। उपचारका लागि लैजाने सबै बाटाहरु बन्द भएकाले विकल्प खोज्ने क्रम भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP