सोमबार , अषोज २६, २०८३

ललितपुर महानगरपालिकाले नदीमा फोहोर मिसाउने दुइटा ट्यांकरलाई एक लाख रुपैयाँ जरिवाना तिराएको छ।

महानगरले आइतबार अन्य ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर नदीमा दिसाजन्य फोहोर फाल्ने दुइटा ट्यांकरलाई ५० हजारका दरले जरिवाना गरेको नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिए।

उनीहरूले विभिन्न ठाउँबाट सेप्टिक ट्यांकीको फोहोर ल्याएर च्यासल नजिक जग्गामा फोहोर फाल्न मिल्ने संरचना बनाएका थिए। जसको निकासा खोलामा गरिएको थियो।

‘एउटा ट्यांकरले एकपटक फोहोर फाल्दा ५०० रुपैयाँ तिर्ने गरेको रहेछ,’ उनले भने, ‘करिब छ महिनादेखि त्यसरी फोहोर फाल्ने काम भइरहेको रहेछ।’

बाहिर बाँस पाइन्छ भनी लेखेर त्यहाँ नदी दूषित गर्ने काम गरिरहेको कारण उक्त संरचना समेत भत्काएको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP