शुक्रबार , बैसाख ५, २०८२

काठमाडाैं : भारतीय कप्तान विराट कोहली र युवा विकेटकिपर ब्याट्सम्यान इशान किशनले नयाँ रेकर्ड बनाएका छन्।

इंग्ल्यान्ड विरुद्धको दोस्रो टि–२० मा ७ विकेटको जित निकाल्दा यी दुई खेलाडीको प्रदर्शन महत्वपूर्ण रह्यो। यो खेलमै विराट कोहलीले टि–२० क्रिकेटमा ३ हजार रन पूरा गर्ने विश्वको पहिलो खेलाडी बने। इशान भने डेब्यु खेलमै ४ छक्का प्रहार गर्ने पहिलो भारतीय खेलाडी बने।

खेलमा कोहलीले ४९ बलमा ७३ रन बनाउँदै अविजित इनिङ खेलेका थिए। योसँगै कोहलीले ८७ टि–२० खेलमा ५०.८६ को औसतमा ३००१ रन बनाए। न्युजिल्यान्डका मार्टिन गुप्तिल ९९ खेलमा २८३९ रन बनाएर दोस्रो नम्बरमा छन्।

म्याकुलमको नाममा हजार र २ हजार रन

टि–२० मा सर्वाधिक १ हजार र २ हजार रनको कीर्तिमान न्युजिल्यान्डका स्टार खेलाडी ब्रेन्डम म्याकुलमको नाममा थियो। उनले मे २०१० मा हजार रन बनाउने विश्वको पहिलो खेलाडीको कीर्तिमान बनाउँदा २०१४ को मार्चमा टि–२० क्रिकेटमा २ हजार रनको कीर्तिमानी बनाएका थिए। तर उनले २०१९ मा संन्यास लिएका थिए।

इशान डेब्युमा अर्धशतक बनाउने दोस्रो भारतीय

टि–२० क्रिकेटमा इशानले डेब्यु खेलमै अर्धशतकीय इनिङ खेले। ३२ बलमा ५६ रनको अर्धशतकीय इनिङ खेल्दै डेब्यु खेलमै अर्धशतक बनाउने उनी दोस्रो भारतीय खेलाडी बने। यसअघि अजिंक्य रहाणेले डेब्यु खेलमै अर्धशतक बनाएका थिए।

त्यस्तै उनी पहिलो खेलमा ४ छक्का प्रहार गर्ने पहिलो भारतीय बने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP