मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियामा आर्थिक वर्षको अन्त्य हुँदैछ । यसको अर्थ जुलाई १ तारिखबाट अस्ट्रेलियामा करसम्बन्धी नयाँ कानुनहरू लागु हुनेछन् ।

ट्याक्स
आगामी आर्थिक वर्षमा व्यक्तिगत आयकर दर र थ्रेसहोल्डमा कुनै परिवर्तन गरिएको छैन । तर निम्न र मध्यम आयकर अफसेट (LMITO) चालू आर्थिक वर्ष २०२२-२३ मा उपलब्ध छैन । यो आगामी आर्थिक वर्षमा पनि उपलब्ध हुनेछैन । तीनवटा कर कटौतीसम्बन्धी कानून अर्को वर्ष जुलाई १ देखि लागु हुनेछ। निजी स्वास्थ्य बीमा नगर्नेहरूका लागि मेडिकेयर लेभी सरचार्जका लागि आय थ्रेसहोल्ड बढाइनेछ। जुलाई १ देखि कर लाग्नुअघि एक्लो व्यक्तिमा लागि आय थ्रेसहोल्ड ९० हजार डलरबाट ९३ हजारसम्म बढ्नेछ भने परिवारका लागि यो १ लाख ८० हजारबाट १ लाख ८६ हजारसम्म बढ्नेछ।

सेवानिवृत्ति
सुपर ग्यारेन्टी रेट १०.५ प्रतिशतबाट बढेर ११ प्रतिशत हुनेछ । यसको मतलब रोजगार दाताले तपाईको तलबको उच्च प्रतिशत तपाईको ‘रिटायरमेन्ट नेस्ट एग’ मा राख्नेछ। यो ग्यारेन्टी जुलाई १, २०२५ देखि १२ प्रतिशतमा नपुगेसम्म अर्को दुई वर्षको लागि ०.५ प्रतिशतले बढ्नेछ।

न्यूनतम ज्याला
फेयर वर्क कमिशनको निर्णयपछि न्यूनतम पारिश्रमिक प्रति हप्ता ८८२.८०, वा २३.२३ प्रति घण्टामा बढाइनेछ। अवार्ड कामदारले ५.७५ प्रतिशत तलब वृद्धि पाउनेछन् ।

अभिभावक बिदा
नयाँ आमाबाबुले २० हप्ताको तलबी अभिभावकीय बिदा पाउन सक्छन् र आमाबुबाले ती बिदालाई बाँड्न सक्नेछन् । अहिले अभिभावकहरू १८ हप्ताको तलबी अभिभावकीय बिदा र दुई हप्ताको माध्यमिक हेरचाह बिदा पाउने गरेका छन् । जसमा न्यूनतम ज्याला भुक्तान गरिन्छ ।

बाल हेरचाह
जुलाई १० देखि ५ लाख ३० हजारभन्दा कम कमाउने परिवारहरूले बढेको बाल हेरचाह अनुदानमा पहुँच पाउनेछन् । परिवारका लागि अधिकतम् अनुदान रकम पनि ८५ प्रतिशतबाट बढेर ९० प्रतिशत पुग्नेछ।

सम्पत्ति
सरकारको होम ग्यारेन्टी स्किम- फस्ट होम ग्यारेन्टी, रिजनल फस्ट होम ग्यारेन्टी र फ्यामली होम ग्यारेन्टी सहितका लागि चाहिने योग्यता मापदण्डहरू विस्तार गरिनेछ। साथीभाइ, दिदीबहिनी र परिवारका अन्य सदस्यहरूले फस्ट होम ग्यारेन्टी र रिजनल फस्ट होम ग्यारेन्टीको लागि संयुक्त रूपमा आवेदन दिन सक्नेछन् । बालबालिकाका कानुनी अभिभावकहरू पनि फ्यामली होम ग्यारेन्टीको लागि योग्य हुनेछन् । ग्यारेन्टीहरू स्थायी बासिन्दाहरूका साथै अस्ट्रेलियामा विगत १० वर्षमा सम्पत्ति नभएका पहिलो घर खरिदकर्ताहरूका लागि पनि उपलब्ध हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP