मंगलबार , बैसाख २९, २०८३

विनित राज शर्माको नेतृत्वमा नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया नयाँ कार्यसमिति चयन भएको छ।

मेलवर्नमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा बिनोद लामा, सचिवमा दिनेश बन्जारा, उपसचिवमा कमल लामिछाने तथा कोषाध्यक्षमा शोभित प्रधान र जनसम्पर्क अधिकृतमा प्रकाशकाजी थापालाई चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिका सदस्यमा सविना पौडेल, पारू कँडेल, किसान कँडेल, सविन धिताल, ज्ञानेन्द्र उप्रेती, प्रकाश चालिसे, नरेश रावल, यज्ञ जोशी, सन्तोष पाण्डे, कोपिला सापकोटा, एकराज बस्नेत, जगननाथ फुयाँल, सुमन्यु थापा, तिलक सापकोटा, अर्जुन खनाल, सन्दिप बोगटी, दिपेन हमाल र नेत्रप्रसाद ज्ञवाली चयन भएका छन्।

भिक्टोरियामा दर्ता भएको जन सम्पर्क समिति अस्ट्रेलियाको नव नर्विचित कमीटीले आफ्नो संरक्षक समितिसमेत घोषणा गरेको छ।

कार्यसमितिका संरक्षकमा दुर्गा आचार्य, नारायण काफ्ले, सोम प्रसाद गुरूङ, सुरेश पोखरेल, देवेन्द्र बस्नेत, आशिष पाण्डे र कमल गैरै छन्।

यस्तै समितिका सल्लाहकारमा गणेश पौडेल, रमेश कार्की,लाल प्रसाद कँडेल, बुद्धि सापकोटा, राम कँडेल, हरि भुसाल, प्रकाश आचार्य र गोपाल काफ्ले मनोनित भएका छन्।

आइतबार मेलर्वनमा सम्पन्न कार्यक्रममा एनआरएनका अध्यक्ष केशव कँडेलले नव निर्वाचित पदाधिकारीलाई बधाइ ज्ञापन गर्दै राजनीतिक विचारको संवाहक संस्थाका रुपमा यसले समाजमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले आस्था र विचार बोक्ने अधिकार सबैमा भएकोले एउटा सिद्धान्तको संवाहक संस्थाका रूपमा जनसम्पर्कले विश्वभर खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

महासचिव रेग्मीले पछिल्लो समय कोरोना कहरमा एनआरएनको सहयोग अभियानमा जनसम्पर्कको भूमिका अत्यन्तै सम्झनायोग्य रहेकोमा धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा नागरिक समाजका अगुवाहरू दुर्गा आचार्य, नारायण काफ्ले, सोमप्रसाद गुरूङ, जनसम्पर्क समिति एनएसडब्लुका उपाध्यक्ष प्रदिप पाठक, एनआरएनका पूर्व अध्यक्ष टोनु गोथाने, एनआरएनका प्रवक्ता नन्द गुरूङ, सुदूर पश्चिम समाजका महादेव धानुक, राजेश आचार्यलगायतले नव निर्वाचित पदाधिकारीलाई बधाइ तथा शुभकामना प्रदान गरेका थिए।

स्मरण रहोस् अस्ट्रेलियाको हरेक राज्यमा नेपाली काग्रेसको भगिनी संस्था जनसम्पर्क समिति क्रियाशिल छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP